सरकारलाई असफल हुने छुट छैन: सञ्चारमन्त्री गुरुङ
पाेखरा | साउन १२, २०८१
पोखरा: नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।
सञ्चारमन्त्री भएपछि पहिलोपटक पोखरा आएका मन्त्री गुरुङले पत्रकार भेटघाटको क्रममा बोल्दै ओली नेतृत्वको सरकारले जनमुखी काम गर्नुपर्ने बताउदै असफल हुने छुट नभएको बताएका हुन् ।
उनले वर्तमान सरकारसँग आम नागरिकको आशा रहेको उल्लेख गरे ।
‘देशको पहिलो र तेस्रो, दोस्रो र तेस्रो पार्टी मिलेर सरकार चलाए । धेरै टिकेन, मन्त्री गुरुङले भने, ‘त्यसैले अहिले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनेको छ । त्यसैले यो सरकारलाई असफल हुने छुट छैन ।’
सरकारले अबको एक महिनामा नतिजा देखिनेगरी काम गर्नुपर्ने बताए ।
सरकारले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, सुशासन र विकास गतिविधिलाई केन्द्रमा राखेर काम गर्ने मन्त्री गुरुङको भनाई छ ।
डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने बताउदै उनले सञ्चारसँग सम्बन्धित ऐन, कानुनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गरिने सुनाए ।
'अहिले पनि पुराना ऐन, कानुनबाट कतिपय सञ्चार संस्था चलिरहेका छन्, तिनलाई संशोधन र परिमार्जन गर्नुपर्छ, आवश्यक परेका कानुन निर्माणमा सञ्चार मन्त्रालयले विशेष पहल लिन्छ', उनले भने, 'हुलाकलगायत संस्थालाई आधुनिक ढङ्गले सञ्चालन गर्न आवश्यक छ ।'
मन्त्री गुरुङले टेलिकम सेवालाई थप गुणस्तरीय बनाइने सुनाए। सञ्चारमाध्यमको सवलीकरण र पत्रकारको वृत्तिविकासका लागि कार्ययोजना बनाएर काम गर्नेसमेत बताए ।
उनले सञ्चार क्षेत्रमा निजी क्षेत्रको लगानी ठुलो रहेको बताउदै व्यवस्थित गर्दै लैजानुपर्ने धारणा राखेका थिए ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

